
काठमाडौँमा नग्न तस्बिर तथा भिडिओ सार्वजनिक गर्ने धम्की दिएर महिलासँग झन्डै १० लाख असुलेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क गरी आफू 'ह्याकर' भएको र नग्न तस्बिर तथा भिडिओ आफूसँग रहेको भन्दै रकम असुलेका कञ्चनपुर, कृष्णपुर नगरपालिका १ घर भई हाल काठमाडौँको कीर्तिपुर नगरपालिकामा पर्ने सल्यानथान बस्ने २३ वर्षका कमलबहादुर बुढालाई नियन्त्रणमा लिइएको हो।
'रकम नदिए नग्न तस्बिर तथा भिडिओ सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिदिने धम्की दिई रु. ९ लाख ९५ हजार रकम लिएको भन्ने सूचना प्राप्त हुनासाथ' जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरी टोलीले उनलाई पक्रेको हो।
आपराधिक लाभसम्बन्धी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गराई अनुसन्धान भइरहेको प्रहरी परिसर काठमाडौँले शुक्रबार जनाएको छ।















































































































































1667912853.jpg)
















































































































































































.jpeg)


























































.jpg)













































































.jpeg)






































































-1787461102.jpg)





.jpeg)







































































































































































































































































.jpg)












































































































































.jpg)

























































































.jpg)






























प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google