काठमाडौँ । बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनामा सात जनाको शव फेला परेको छ । सुरुङ तथा हेडवक्समा हराइरहेकाहरूको खोजी गर्ने क्रममा शुक्रबार त्यहाँ सात जनाको शव फेला परेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले जनाएको छ ।
भदौ १० को बाढीपछि २१६ मेगावाटको माथिल्लो त्रिशूली-१ मा धेरै मानिसहरु हराइरहेका छन् । शुक्रबार नेपाली सेना र आयोनजना प्रवर्द्धक नेपाल वाटर एण्ड इनर्जी डेभपलमेन्ट कम्पनीका सर्भे इन्जिनियरसहितको समूहले अडिट १ को क्षेत्रमा अवलोकन गर्दा पूर्ण रुपमा डेब्रिज भरिएको पाइएको उद्धार कर्ताहरुले बताएका छन् ।
यसैगरी मैलुङ क्याम्प साइटमा मिनि स्काइभेटरले उत्खनन कार्य सुरु गरिएको छ भने अडिट ३ मा नेपाली सेना र अष्ट्रेलियाली उद्धार समूहले सर्च गरेका छन्। आजदेखि खोजी कार्यलाई अझ तीब्रता दिने कम्पनीले जनाएको छ।
बाढी आउनुअघि आयोजनास्थलमा १ हजार ४३३ जना कार्यरत थिए। ती मध्ये हालसम्म ८ सय ७८ जनाको मात्रै उद्धार भएको छ।















































































































































1667912853.jpg)
















































































































































































.jpeg)


























































.jpg)













































































.jpeg)






































































-1787461102.jpg)





.jpeg)








































































































































































































































































.jpg)












































































































































.jpg)

























































































.jpg)






























प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google