तिखेदेवलमा अन्तर विद्यालय स्तरीय फुटसल प्रतियोगिता सम्पन्न

दर्पण दैनिक १५ आश्विन २०८०,२०:२९
post

ललितपुर । ललितपुर महानगरपालिका १४ तिखेदेवलमा वडा स्तरीय अन्तर बालक्लव तथा अन्तर विद्यालय स्तरीय फुटसल प्रतियोगिता सम्पन्न भएको छ ।

बालबालिकामा लगानी,सुनिश्चित भविष्यको थालनी मुल नारासहित मनाईएको ५९ औँ राष्ट्रिय बाल अधिकार दिवसको अवसर पारेर वडा नं १४ बाल अधिकार समितिको आयोजनामा उक्त प्रतियोगिता आयोजना गरिएको हो ।

वडाभित्र रहेका सामुदायिक तथा नीजी विद्यालयका विद्यार्थीलाई दुई समूहमा बर्गीकरण गरी फुटसल प्रतियोगिता आयोजना गरिएको हो समितिकी संयोजक संगिता अछामीले जानकारी दिएकी छन्  । प्रतियोगितामा महालक्ष्मी मावि, जुपिटर स्कुल, सात्यिक पाठशाला, सम्पूर्ण स्कुल, ज्ञानविज्ञान स्कुल, पिनाकल स्कुल तथा वडास्तरीय बाल क्लब गरी सातवटा टिमका विभिन्न समूहहरूले सहभागिता जनाएका थिए । प्रतियोगिता ९–१२ उमेर समूहमा (जुनियर क्याटगरी) ६ वटा टिम तथा १३–१७ वर्ष उमेर समूह (सिनियर क्याटगरी) मा ७ वटा टिमको सहभागिता रहेको थियो ।  

प्रतियोयिगितातर्फ सिनियर ब्यइजतर्फ महालक्ष्मी मावि प्रथम, पिनाकल द्धितीय, जुनियर ब्योइजतर्फ पनि महालक्ष्मी मावि प्रथम, पिनाकल द्धितीय भएका थिए । यस्तै सिनियर गल्र्सतर्फ वडा स्तरीय बाल क्लब प्रथम, सम्पूर्ण स्कुल द्धितीय, जुनियर गल्र्सतर्फ महालक्ष्मी प्रथम, ज्ञान विज्ञान द्धितीय भएका थिए ।  प्रतियोगिताका विजयी खेलाडीलाई वडा अध्यक्ष अमृत जंग महतले शिल्ड, मेडल तथा प्रमाणपत्र वितरण गर्नुभयो । पुरस्कार वितरण समारोहका प्रमुख अतिथि १४ नं वडाका वडा अध्यक्ष अमृतजंग महतले आजको प्रतियोगितापछि खेल क्षेत्रमा सरकारी विद्यालय पनि सामुदायिक विद्यालय भन्दा अब्बल भएको प्रमाणित भएको बताए । 

अहिलेका बाल बालिका नै भविष्यका कर्णाधार रहेको भन्दै अध्यक्ष महतले असल व्यक्ति बनेर देश हाँक्ने हिम्मत शाहस देखाउन अध्यक्ष महतले आह्वान गरे 

वडा स्तरीय बाल समिति संयोजक तथा वडा नं १४ की वडासदस्य संगीता अछामीले यो प्रतियोगिता वडाले बाल बालिकाको प्रतिभा बुझ्नका लागि बालबालिकाकाको  मागकै आधारमा आयोजना गरिएको प्रष्ट पारिन् । वडाबाट बालबालिकाकै शीर्षकमा छुट्याईएको बजेटबाट बालबालिकाको क्षमता विकास तथा खेलकुद विकासका लागि समितिले विभिन्न कार्यक्रम गर्दै आएको र त्यसकै निरन्तरता स्वरुप बाल अधिकार दिवसको अवसरमा फुटसल कार्यक्रम आयोजना गरिएको उनको भनाई छ ।

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: