एसीसी यू-१६ इस्ट जोन कप : उपाधिका लागि नेपाल र मलेसिया भिड्दै

दर्पण दैनिक १९ असार २०८०,०७:०७
post

काठमाडौं । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधिका लागि नेपालले आज घरेलु टोद्यी मलेसियासँग खेल्दैछ । नेपाल र मलेसियाबीचको खेल नेपाली समय अनुसार बिहान सवा ७ बजे बायुमास ओभलमा सुरु हुनेछ । खेल ३५ ओभरको हुनेछ ।

समूह ए बाटै नेपाल र मलेसिया दुई टोली फाइनलमा पुगेका हुन् । समूह ए मा दुवै खेल जितेर विजेता बनेको नेपालले सेमिफाइनलमा सिंगापुरलाई ९७ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।

अर्कोतर्फ घरेलु टोली मलेसियाले सेमिफाइनलमा समूह बी को विजेता हङकङलाई ७८ रनले हराएर नेपालसँगको भेट पक्का गर्‍यो ।

समूह चरणमा नेपालले मलेसियामाथि ८४ रनको फराकिलो जित निकालेको थियो ।

नेपाल अहिलेसम्म प्रतियोगितामा अपराजित छ भने मलेसिया नेपालसँग मात्र पराजित भएको थियो । मंगलबार फाइनल खलेन मैदान उत्रँदा नेपालको लक्ष्य जित यात्रालाई निरन्तरता दिँदै उपाधि उचाल्ने हुनेछ ।

एसियाली क्रिकेट काउन्सिलले यसअघि एसीसी यू-१६ इस्टर्न रिजनको नाममा प्रतियोगिता आयोजजा गरेको थियो र नेपालले २०१७ र २०१९ मा लगातार उपाधि जितेको थियो ।

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: