बंगलादेशले जित्याे यू-१९ एसिया कपको उपाधि

दर्पण दैनिक १ पुष २०८०,१७:२४
post

काठमाडौं । दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा जारी यू १९ एशिया कपको फाइनल खेलमा युएईलाई पराजित गर्दै बंगलादेशले उपाधि जितेकाे छ । जितको लागि २ सय ८३ रनको विजयी लक्ष्य पछ्याएको युएई २४.५ ओभरमा ८७ रनमा अल आउट भयो । युएईका ध्रुब पराशरले ३९ बलमा २ चौकासहित सर्वाधिक २४ रन बनाए ।

युएईका ९ खेलाडी दोहोरो अंकमा रन बनाउन सकेनन् । बंगलादेशको जितमा मरुफ मरिधा र रोहनात बोस्रनले तीन तीन विकेट लिए । इकबाल हुसेन एमोन र शेख जिवनले समान दुई विकेट लिए ।

त्यसअघि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ८२ रन बनाएको थियो । सेमिफाइनलमा युएईले पाकिस्तानलाई तथा बंगलादेशले भारतलाई हराउँदै फाइनलमा स्थान बनाएका थिए ।

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: