गोदावरीमा राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता शुक्रबारदेखि

दर्पण दैनिक १२ पुष २०८०,१६:४६
post

सन्तोष दहाल, ललितपुर । गोदावरी नगरपालिकाको आयोजनामा नगरपालिका स्तरीय तेश्रो राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता सुरु हुने भएको छ । पौष १३ देखि १५ गतेसम्म गोदावरीस्थित सेन्ट जेभियर स्कुलमा आयोजना गरिएको प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको पत्रकार सम्मेलनमार्फत जानकारी गराईएको छ । पत्रकार सम्मेलनमा प्रतियोगिताको बारेमा जानकारी गराउँदै नगरपालिकाका प्रवक्ता मिलन सिलवालले प्रतियोगितालाई एक प्रमुख उत्सवकै रुपमा आयोजना गर्न र मनाउन लागिएको बताए । गोदावरी नगरपालिका खेल क्षेत्र र खेलाडीलाइ अत्यन्तै माया र सम्मान गर्ने नगरपालिका भएको बताउँदै सिलवालले यहाँबाट उत्पादित खेलाडीहरु राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा महत्त्वपूर्ण स्थानमा पुग्नसक्ने बताए ।

स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ सञ्चालन गर्न लागिएको कार्यक्रम विद्यार्थीहरुको अन्तरनीहित क्षमता प्रस्फुटन गराउने महत्त्वपूर्ण माध्यम र अवसरको रुपमा रहेको उक्त कार्यक्रम शैक्षिक क्षेत्रसँगै खेल क्षेत्रको समेत प्रवर्धनका लागि समेत महत्त्वपूर्ण कोसेढुँगा साबित हुने नगरपालिकाले जनाएको छ ।

हजारौंविद्यार्थीहरुको सहभागितामा आयोजना गर्ने राष्ट्रपति रनिङसिल्ड प्रतियोगिताले विद्यार्थीहरुको प्रतियोगिताको मुल्याङ्कन मात्र नगरी समग्र विद्यालयको व्यवस्थापकीय पक्ष,शिक्षक व्यवहार तथा संस्कृति ,नैतिक अवस्थाको समेत प्रतिबिम्वन गर्ने प्रवक्ता सिलवालले बताए । प्रतियोगितालाई सफल बनाउन प्रमुख प्रशासकीय अधिकृतको नेतृत्वमा सबै खेल विधासँग सम्बन्धित व्यक्तित्त्वहरु सहितको १३ सदस्यीय कार्यान्वयन समिति निर्माण गरी अधिकार समेत प्रत्यायोजन गरिएको छ ।

प्रतियोगितामा ६ खेल विधा र ३३ वटा खेलका लागि ४७ वटा विद्यालयबाट कुल १५८५ विद्यार्थी, ४६ जना शिक्षक प्रतिनिधि,२ सय ७६ जना विधागत शिक्षक प्रतिनिधि तथा ६६ जना मुख्य रेफ्री÷रेफ्री अम्पायर सहभागी रहनेछन् । उक्त प्रतियोगिताबाट १४४ स्वर्ण,१४४ रजत र १४४ कास्यपदक प्रदान गरिनेछ भने प्रथम स्थान हासिल गर्नेलाई नगद रु १ लाखसहित रनिङसिल्ड र ट्रफी,द्वितीय स्थान हासिल गर्नेलाई नगद रु ५० हजार र ट्रफी तथा तृतीय स्थान हासिल गर्नेलाई नगद रु २५ हजार सहित ट्रफी प्रदान गरिने आयोजक नगरपालिकाले जनाएको छ ।
 

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: