एसीसी यू–१९ : इरानविरुद्ध नेपाल २७४ रनले विजयी

दर्पण दैनिक २५ आश्विन २०८०,१६:१७
post

काठमाडौं । एसीसी यू–१९ प्रिमियर कपको पहिलो खेलमा नेपालले इरानविरुद्ध २७४ रनको फराकिलो जित निकालेको छ । बिहीबार मलेसियाको बांगीमा सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको ३५४ रनको लक्ष्य पछ्याएको इरान ३०.५ ओभरमा ७९ रनमै समेटियो ।

इरानका अमिर खोर्सान्दले ३७, सबेर इब्राहिमिपोरले ११ रन बनाए । यसबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । 

इरानलाई सस्तैमा समेट्न नेपालका दीपेश कँडेल र सवास भण्डारीले समान तीन विकेट लिए । सात ओभर बलिङ गरेका दीपेशले चार रन र ८.५ ओभर बलिङ गरेका सुवासले ६ रन खर्चिए । यस्तै, हेमन्त धामी र आकाश चन्दले समान दुई विकेट लिए । 

त्यसअघि टस हारेर ब्याटिङमा उत्रिएको नेपाली टोलीले ४०.१ ओभरमा सबै विकेट गुमाएर ३५३ रन बनाएको थियो ।

कप्तान देवले १०० रन बनाए । उनले ६० बलमा १२ चौका र चार छक्का प्रहार गरे । नेपालले स्कोरबोर्डमा १० रन जोड्दा दुई विकेट गुमाएको थियो । देवले तेस्रो विकेटका लागि दीपक बोहरासँग १६६ रनको साझेदारी गर्दै नेपालको इनिङ्स सम्हालेका थिए । दीपकले ५९ बलमा पाँच चौका र दुई छक्कासहित ६५ रन बनाए । 

दीपक डुम्रेले ४४ बलमा आठ चौका र दुई छक्कासहित ६९ रन जोडे । दीपेशले २९ रन थपे । अन्तिममा ब्याटिङका लागि आएका आकाश चन्दले १९ र सुवास भण्डारीले १८ रनको योगदान गरे ।

नेपालका दुई ब्याटर ‘गोल्डेन डक’ भएका थिए । ओपनर अर्जुन साउद र मिलन बोहरा पहिलो बलमै पभेलियन फर्किएका थिए ।

प्रतियोगितामा नेपालसँगै १६ टिमको सहभागिता छ । सहभागी १६ टिमलाई चार समूहमा विभाजन गरिएको छ । नेपाल समूह ‘ए’मा छ । यो समूहमा नेपालसँगै बहराइन, इरान र साउदी अरेबिया छन् । प्रतियोगिताका विजेता, उपविजेता र तेस्रो हुने टिम पाकिस्तानमा हुने तालिका रहेको यू–१९ एसिया कपमा छनोट हुनेछन् ।

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: