साफ महिला फुटबलमा बंगलादेशसँग नेपाल पराजित

दर्पण दैनिक २६ माघ २०७९,२०:५७
post

काठमाडौं । नेपाली महिला फुटबल टोली साफ महिला फुटबलमा पहिलो उपाधि जित्ने मौकाबाट फेरि चुकेको छ । बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिपको फाइनलमा बिहीबार साँझ घरेलु टोलीसँग भिडेको नेपाल ३-० गोलले पराजित भयो ।

पहिलो हाफको अन्त्यतिर दुई गोल गर्दै बंगलादेशले नेपालमाथि दबाब बनाएको थियो । घरेलु टोलीले ४१ र पहिलो हाफको इन्जुरी समयमा गोल गरेको थियो । तेस्रो गोल ८६ औँ मिनेटमा गरेको हो । नेपालले साफ महिला फुटबलको कुनैपनि स्तरको प्रतियोगिता हालसम्म जित्न सकेको छैन ।

सिनियर साफ महिला च्याम्पिनयसिपका सबै ६ संस्करणमध्ये पाँचवटामा फाइनलमा पराजित भएको थियो भने दक्षिण एसियाली-सागअन्तर्गत महिला फुटबलका सबै तीन संस्करणमा उपविजेतामा सिमित भएको थियो । उमेरस्तरतर्फ सन् २०१८ मा आयोजना भएको पहिलो साफ यू-१८ महिला च्याम्पियनसिपमा फाइनलसम्म पुगेपनि बंगलादेशले उपाधि जित्नबाट रोकेको थियो ।

पछिल्लो समय बंगलादेश दक्षिण एसियाली महिला फुटबलमा लगातार हावी भइरहेको छ । बंगलादेशले सिनियर साफ महिला च्याम्पियनसिपमा भारतको लगातारको दबदबा गत वर्ष तोडेको थियो। सन् २०२१ मा बंगलादेशले साफ यू-१९ महिला च्याम्पियनसिपको पनि उपाधि जितेको थियो ।

यसपटक घरेलु टोली प्रतियोगितामा सुरुवातबाटै हावी देखिएको थियो । पहिलो खेलमा नेपाललाई ३-१ गोलले हराएको बंगलादेशले दोस्रो खेलमा भारतसँग गोलरहित बराबरी खेलेको थियो भने तेस्रो खेलमा भुटानलाई हराएर फाइनलमा स्थान बनाएको थियो ।

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: