एसियाली खेलकुद : महिला भलिबलमा नेपाल भारतसँग पराजित

दर्पण दैनिक १७ आश्विन २०८०,१४:२५
post

हाङझाउ । चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुद (एसियाड) प्रतियोगिताअन्तर्गत महिला भलिबल खेलमा नेपाल भारतसँग पराजित भएको छ । 

 नेपाल भारतसँग ३–१ को सेटले पराजित भएको हो । पहिलो सेट २५–२३ ले गुमाएको नेपालले दोस्रो खेल २६–२८ ले आफ्नो पक्षमा पार्न सफल भएको थियो । तर, त्यसपछिका दुई सेट भने नेपालले गुमायो ।

खेलको तेस्रो सेटमा नेपालले पुनः २५-२३ ले पराजित भयो । चौथो सेटमा भारतले नेपालमाथि २५–१७ को सहज जित निकाल्यो । 

नेपाल यसअघि समूह चरणको खेलमा भियतनाम र दक्षिण कोरियासँग पराजित भएको थियो । 

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: