साफ महिला च्याम्पियनसिप : आज भारत र बंगलादेश भिड्दै

दर्पण दैनिक ७ कार्तिक २०८१,०९:०२
post

काठमाडौँ । नेपालमा जारी साफ महिला च्याम्पियनसिपअन्तर्गत आज (बुधबार) साविक विजेता बंगलादेश र पाँचपटकको च्याम्पियन भारत भिड्दै छन् । त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा हुने खेल साँझ साढे ५ बजे सुरु हुनेछ ।

आज हुने समूह एको अन्तिम खेल जितेमा भारत समूह विजेता बन्नेछ । भारत अघिल्लो खेलमा बंगलादेश र पाकिस्तानबीच १–१ को बराबरी भएकाले एक खेलअगावै सेमिफाइनल पुगिसकेको छ । 

बंगलादेशले भने सेमिफाइनल पुग्न आजको खेलमा बराबरी गर्नुपर्नेछ । आजको खेल समूह विजेता र उपविजेताका बन्नका लागि पनि महत्त्वपूर्ण छ ।


भारतले पाकिस्तानलाई ५-२ गोलअन्तरले हराएको थियो । जितसँगै भारत ३ अंकसहित शीर्ष स्थानमा छ । समान एक अंक भएका बंगलादेश र पाकिस्तान क्रमश: दोस्रो र तेस्रो स्थानमा छन् ।

सेमिफाइनलमा भारत र बंगालदेश दुवै टोली घरेलु टोली नेपालबाट जोगिन चाहन्छन् । नेपालसँग सेमिफाइनलमा भेट नगर्न पनि दुवै टोली आजको खेल जित्ने लक्ष्यमा छन् । 

समूह एको विजेताले सेमिफाइनलमा समूह बीको उपविजेतासँग खेल्नेछ। समूह एको उपविजेताले समूह बीको विजेतासँग खेल्नेछ ।

४ अंक भएको नेपाल समूह बीको शीर्ष स्थानमा छ । समान अंक रहेको भुटान दोस्रो स्थानमा छ भने ३ अंक भएको श्रीलंका तेस्रो स्थानमा छ । लगातार दुई खेलमा पराजित माल्दिभ्स भने अंकविहीन छ ।

समूह बीबाट नेपाल, भुटान र श्रीलंका तीनै टोलीका लागि सेमिफाइनल पुग्न बाटो खुला छ । लगातार दुई खेलमा पराजित माल्दिभ्स भने एक खेलअगावै समूह चरणबाट बाहिरिसकेको छ । समूह बीका खेल बिहीबार हुनेछन् । 

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: