एसिया कप खेल्न पाकिस्तानी राष्ट्रिय क्रिकेट टिम घोषणा, काे काे छन् टिममा ?

दर्पण दैनिक २५ श्रावण २०८०,१४:५३
post

काठमाडौं । आसन्न एसिया कप र त्यसअघि हुने अफगानिस्तानविरुद्धको क्रिकेट शृङ्खलाका लागि पाकिस्तानी राष्ट्रिय क्रिकेट टिमको घोषणा भएको छ । 

पाकिस्तानका मुख्य प्रशिक्षक इन्जामाम उल हकले बुधबार बाबर आजमको कप्तानीमा १७ सदस्यीय टोली सार्वजनिक गरेका हुन् ।

पाकिस्तानले घोषणा गरेको १८ सदस्यीय टोलीमध्ये साउद साकिलले भने अफगानिस्तानविरुद्धको शृङ्खला मात्र खेल्ने छन् ।

एसिया कपको समूह ‘ए’मा रहेको पाकिस्तानले अगस्ट ३० मा नेपालविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्ने छ । यो खेल पाकिस्तानको मुल्तानमा हुने छ । यस्तै, पाकिस्तानले सेप्टेम्बर २ मा भारतविरुद्ध खेल्ने छ । यो खेल भने श्रीलंकामा हुने छ । 

एसिया कपअघि पाकिस्तानले अफगानिस्तानविरुद्ध तीन खेलको एकदिवसीय शृङ्खला खेल्ने छ । यो शृङ्खला २२ देखि २६ अगस्टसम्म चल्ने छ । 


पाकिस्तानी टिम

अब्दुल्लाह सफिकी, फकर जमान, इमाम उल हक, बाबर आजम (कप्तान), सलमान अली आघा, इफ्तिखर अहमेद, तयाब ताहिर, मोहम्मद रिजवान, मोहम्मद ह्यारिस, सदाब खान (उपकप्तान), मोहम्मद नवाज, उस्माना मिर, फहिम अस्रफ, ह्यारिस रौफ, मोहम्मद वसिम जुनियर, नसिम साह, साहिनसाह अफ्रिदी, साउद साकिल (अफगानिस्तानविरुद्धको शृङ्खलाका लागि मात्र) ।

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: