राष्ट्रिय महिला फुटबल टोलीकी गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बा हन्ड्रेड स्पोर्ट्सको ब्राण्ड एम्बास्डर

दर्पण दैनिक २५ फाल्गुन २०७९,०९:१०
post

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बालाई हन्ड्रेड स्पोर्ट्सले ब्राण्ड एम्बास्डर बनाएको छ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर बुधबार स्पोर्ट्स म्यानेजमेन्टको कम्पनी हन्ड्रेड स्पोर्टस म्यानेजमेन्ट प्रालीले राष्ट्रिय फुटबल टिमकी कप्तान समेत रहेकी एन्जिलालाई चार वर्षका लागि ब्राण्ड एम्बास्डर घोषणा गरेको हो ।

हन्ड्रेड स्पोर्टसका संस्थापक रबिन्द्र भाटी र फुटबलर एन्जिलाले औपचारिक एक कार्यक्रमका बीच सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । हन्ड्रेड स्पोर्टसले चार वर्षका लागि एन्जिलालाई ब्राण्ड एम्बास्डर बनाउने सम्झौता गरेको छ । र सम्झौता अनुसार पहिलो वर्ष मासिक २० हजार, दोस्रो वर्ष मासिक ३० हजार, तेस्रो वर्ष मासिक ४० हजार र चौथो वर्ष मासिक ५० हजार रुपैयाँ रुपैयाँ हन्ड्रेड स्पोर्ट्सले एन्जिलालाई उपलब्ध गराउनेछ ।

साथै हन्ड्रेड स्पोर्टसले एन्जिलाको सबै प्रकारको कमर्सियल अधिकार समेत लिएको छ । सम्झौता अनुसार हन्ड्रेड स्पोर्टसले एन्जिलाको संसारभरी मार्केटिङको काम गर्नेछ ।

हन्ड्रेड स्पोर्टसका निर्देशक विकास खेतानले खेलकुदमा व्यवसायिक र खेलाडीको क्षमता अभिवृद्धि गर्ने उद्धेश्यका साथ राष्ट्रिय फुटबल खेलाडी एन्जिलासँग सहकार्य गरिएको बताए ।

कप्तान एन्जिलाले आफुले प्राप्त गरेको अवसरमा विस्तारै अन्य खेलाडी समेत जोडिने विश्वास व्यक्त गरिन् । खेलकुदमा व्यवसायिकता ल्याउने उद्देश्यसहित खेलाडीसँग कमर्सियल अधिकारका लागि चार वर्षका लागि भएको यसलाई पहिलो सम्झौता मानिएको छ ।

कार्यक्रममा राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान तथा प्रशिक्षक हरी खड्का, एन्फा वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, एन्जिलाका अभिभावक प्रेमकुमार श्रेष्ठ, जिफन्टका अध्यक्ष विनोद श्रेष्ठ सहितले खेलाडी एन्जिलालाई बधाई तथा शुभकामना दिएका थिए । कार्यक्रमलाई हन्ड्रेड स्पोर्ट्स टिमका उदय थापा, उदय अर्याललगायतले समन्वय गरेका थिए ।

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: