ओलम्पिकमा ६ स्वर्ण पदक जितेकी एम्माद्वारा सन्न्यास घोषणा

दर्पण दैनिक १० मंसिर २०८१,०९:१६
post

काठमाडौँ । अस्ट्रेलियाकी पौडी खेलाडी एम्मा म्याकिओनले सन्न्यासको घोषणा गरेकी छन् । उनले सोमबार इन्स्टाग्राममा लेखेकी छन्, ‘पेरिस ओलम्पिक खेल्दै गर्दा मलाई यो मेरो अन्तिम ओलम्पिक हुनेछ भन्ने थाहा थियो ।’ म्याकिओनले तीन ओलम्पिक खेलमा ६ स्वर्णसहित १४ पदक जितिसकेकी छन् ।

उनले भनेकी छन्, ‘मेरो स्विमिङ करियरले मलाई शारीरिक र मानसिक रूपमा सबथोक दिएकामा म गर्व गर्छु ।’ आफू के गर्न सक्षम छु भनेर हेर्न चाहेको र त्यो गरेर देखाएको उनले उल्लेख गरेकी छन् ।

अब जीवनका थप चिज प्राप्त गर्न कसरी सक्छु भन्ने हेर्न उत्सुक रहेको उनले बताएकी छन् । एम्मा म्याकिओनले पेरिस ओलम्पिकमा तीन पदक जितेकी थिइन् । 

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: