महिला ओलम्पिकको एसियन छनोट नेपालमै हुने

दर्पण दैनिक १५ फाल्गुन २०७९,०८:२४
post

काठमाडौं । पेरिस ओलम्पिक–२०२४ का लागि हुने महिला ओलम्पिक फुटबल एसियन छनोटको प्रारम्भिक चरणका खेलहरु नेपालमा हुने भएको छ । 
छनोटको प्रारम्भिक चरणको समूह ‘सी’ मा रहेको नेपालसँगै भियतनाम, प्यालेस्टाइन र अफगानिस्तान छन् । यसअघि समूह ‘सी’ का खेलहरु प्यालेस्टाइनमा हुने तय भएको थियो । तर, प्यालेस्टाइनले प्रतियोगिताबाटै नाम फिर्ता लिएपछि एएफसीले यो समूहको छनोट खेलहरु आयोजनाको जिम्मा नेपाललाई सुम्पिएको हो ।

छनोटको पहिलो चरणका खेलहरु चैत २० गतेदेखि २८ गतेसम्म हुनेछन् । समूहको विजेताले छनोटको दोस्रो चरणमा स्थान बनाउनेछ । छनोटको दोस्रो चरणमा उत्तर कोरिया, दक्षिण कोरिया, जापान, चीन र अस्ट्रेलियाले यसअघि नै स्थान बनाइसकेका छन् । 

दोस्रो चरणमा प्रवेश गर्ने टिमहरुलाई तीन समूहमा विभाजन गरिनेछ । दोस्रो चरणबाट पनि समूह विजेता र एक उत्कृष्ट समूह उप–विजेता तेस्रो चरणमा प्रवेश गर्नेछन् । तेस्रो चरणबाट शीर्ष दुई टिमले पेरिस ओलम्पिकमा स्थान बनाउनेछन् ।

ओलम्पिक छनोटको तयारीका लागि यसअघि नेपालले भारतसँग दुई मैत्रीपूर्ण फुटबल खेलेको थियो । भारतविरुद्धको पहिलो खेलमा नेपालले २–२ को बराबरी खेल्दा दोस्रो खेलमा घरेलु टिमलाई गोलरहित बराबरीमा रोकेको थियो ।

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: