राष्ट्रिय भलिबल टोलीको नयाँ कप्तानमा मानबहादुर श्रेष्ठ

दर्पण दैनिक २ श्रावण २०८०,०९:४१
post

काठमाडौं । त्रिभुवन आर्मी क्लबका मानबहादुर श्रेष्ठ नेपाली राष्ट्रिय भलिबल टोलीको नयाँ कप्तान बनेका छन् । नेपाल भलिबल संघको सोमबार बसेको बैठकले टोलीको कप्तानमा श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको हो । श्रेष्ठ राष्ट्रिय टोलीका ११ औँ कप्तान हुन् । 


सातौँ प्रधानमन्त्री कप महिला तथा पुरुष एनभिए राष्ट्रिय भलिबल क्लब लिग अन्तर्गत गण्डकी प्रदेशविरुद्ध खेलका क्रममा दर्शकमाथि हातपात गरेपछि संघले तत्कालीन कप्तान हरिहजुर थापालाई कप्तानबाट पदमुक्त गरेको थियो । 

घटनाका बारेमा छानबिन गर्न बनेको ५ सदस्यीय समितिले बुझाएको प्रतिवेदन र त्यसले दिएको सुझावका आधारमा भलिबल संघको कार्यसम्पादन समितिको बैठकले थापालाई कप्तानबाट हटाउने निर्णय गरेको थियो । 

संघले गत महिना मात्र सेटर थापालाई राष्ट्रिय टोलीको कप्तानमा नियुक्त गरेको थियो । हरिहजुरको कप्तानीमा नेपालले कीर्गिस्तानमा काभा नेसन्स लिग खेलेको थियो । 

भलिबलका कप्तानहरु

१. ऋषिराज आचार्य २०३३ (काइदे आजाम पाकिस्तान–१९७६)

२. दीपक सापकोटा २०३५ (आठौ एसियाली खेलकुद–थाइल्यान्ड)

३. महेन्द्रलाल श्रेष्ठ

४. राजेश मास्के

५. सुनिल चौधरी

६. विष्णु मास्के

७. भरत शाह (२०५२) (१९९९– ११औं साफ सम्म)

८. कैलाश दत्त भट्ट २०६७ देखि २०७१ सम्म)

९. इम बहादुर राना २०७२

१०. हरिहजुर थापा (२०८० जेठदेखि २०८० असार)

११. मान बहादुर श्रेष्ठ (२०८० साउनदेखि)

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: