यूएईलाई पराजित गर्दै नेपाल टी २० विश्वकप २०२४ मा चयन

दर्पण दैनिक १७ कार्तिक २०८०,१४:२४
post

काठमाडौं । नेपाल टी २० विश्वकप २०२४ मा चयन भएको छ । घरेलु मैदानमा पाएको अवसरको सदुपयोग गर्दै नेपाल १० वर्षपछि नेपाल टी २० विश्वकप क्रिकेटमा छनाेट भएको हो । शुक्रबार मूलपानी मैदानमा भएको एसिया छनोटको सेमिफाइनल खेलमा यूएईलाई पराजित गर्दा नेपाल प्रतियोगिताको उपाधि नजिक मात्र पुगेन अमेरिका र वेस्टइन्डिजमा हुने विश्वकपका लागि छनोट भएको हो । नेपाल ८ विकेटले विजयी भएकाे हाे ।


१३५ रनको लक्ष्य पछ्याएको नेपालका लागि आसिफ शेखले ६४ रनको योगदान दिए भने तीन नम्बरमा ब्याटिङ गरेका गुल्सन झाले २२ रन बनाए । कप्तान राेहित पाैडेलले ३४ रन बनाए ।

मूलपानीमा टस हारेर नेपालले पहिला बलिङ गरेकाे थियो । यूएईले ९ विकेटको क्षतिमा १३४ रन बनायो । उसलाई सस्तैमा रोक्न नेपालका लागि कुशल मल्लले ३ विकेट लिए भने सन्दीप लामिछानेले २ विकेट लिए । रोहित पौडेल र सोमपाल कामीको नाममा एक एक विकेट रह्यो । 

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: