अल नासरमा रोनाल्डोले जिते पहिलो उपाधि

दर्पण दैनिक २८ श्रावण २०८०,०९:२०
post

काठमाडौं । अल नासरले फाइनलमा अल हिलालविरुद्ध २–१ को जित निकाल्दै अरब क्लब च्याम्पियन्स कपको उपाधि जितेको छ ।

सो उपाधि जित्नका लागि कप्तान क्रिस्टियानो रोनाल्डोको उत्कृष्ट प्रदर्शन रह्यो । उनले दुई गरे । साउदी अरेबियन क्लब अल नासरमा भित्रिएपछि रोनाल्डोले क्लबबाट जितेको यो पहिलो उपाधि हो ।

अल हिलालको घरेलु मैदान किङ फाहद रंगशालामा सम्पन्न खेलमा अल नासरका लागि दुवै गोल रोनाल्डोले गरे ।

खेलमा सुरुआती अग्रता भने अल हिलालले बनाएको थियो । ५१औं मिनेटमा माइकलले गरेको गोलबाट हिलालले अग्रता कायम गरेको थियो । तर,७४औं मिनेटमा रोनाल्डोले गोल गर्दै नासरलाई खेलमा फर्काएका थिए ।

यसपछि दुवै टिमबाट गोल हुन नसक्दा खेल अतिरिक्त समयमा धकेलिएको थियो । ९८औं मिनेटमा रोनाल्डोले गोल गर्दै अल नासरलाई २–१ को अग्रतामा राखेका थिए ।

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: