दीपेन्द्र र सन्दीपले एसीसी इमर्जिङ टिम्स एसिया कप नखेल्ने

दर्पण दैनिक २२ असार २०८०,२०:३६
post

काठमाडाैं । सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले श्रीलंकामा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप नखेल्ने भएका छन् । ग्लोबल टी-२० लिग खेल्न क्यानडा जाने भएकोले सन्दीप र दीपेन्द्र यस पटक इमर्जिङ टिम्स एसिया कपमा हुने छैनन् ।

जिम्बाव्वेमा क्रिकेट विश्वकप छनोट खेलेर स्वदेश पर्किएपछि कप्तान रोहितले दुई खेलाडी इमर्जिङ कप नखेल्ने बताएका हुन् । जिम्बावेमा भएको आइसिसी एकदिवसीय विश्वकप छनोट खेलेर आज स्वदेश फर्किएपछि नेपाली टिमका कप्तान रोहित पौडेलले दुई खेलाडीले इमर्जिङ कप गुमाउने बताएका हुन् । इमर्जिङ टिम्स एसिया कप जुलाई १३ देखि २३ सम्म श्रीलंकामा हुँदैछ ।

ग्लोबल टी-२० क्यानडा लिग जुलाई २० देखि अगष्ट ६ सम्म हुनेछ । जसमा नेपालबाट सन्दीप र दीपेन्द्र छनोट भएका छन् । पहिलो पटक विदेशी लिगका लागि छनोट भएका दीपेन्द्रलाई मोन्ट्रेल टाइगर्सले ड्राफ्टमार्फत अनुबन्ध गरेको हो ।

यसअघि दुई पटक क्यानडामा लिग खेलिसकेका सन्दीप यस पटक सर्रे जागुअरमा अनुबन्ध भएका छन् । इमर्जिङ टिम्स एसिया कप पाँच टेष्ट राष्ट्रसँगै एसीसी प्रिमियर कपको शीर्ष तीन टोली नेपाल, यूएई र ओमानले खेल्नेछन् । नेपाल प्रिमियर कपको विजेता बनेको थियो ।

इर्जिङ कपमा नेपाल रहेको समूह बी मा पाकिस्तान ए, भारत ए र यूएई छन् । श्रीलंका ए, बंगलादेश ए, अफगानिस्तान ए र ओमान समूह ए मा छन् । नेपालले पहिलो खेल जुलाई १४ मा पाकिस्तान ए सँग खेल्नेछ ।

नेपालले दोस्रो खेल जुलाई १७ मा भारत ए सँग र तेस्रो खेल जुलाई १९ मा युएईसँग खेल्नेछ । नेपालले इमर्जिङ टिम्सको लागि छिटै टोली घोषणा गर्ने क्यानले जनाएको छ ।

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: