यु-१९ एसिया कप क्रिकेट: पाकिस्तानी टोली घोषणा

दर्पण दैनिक १६ मंसिर २०८०,०८:४७
post

काठमाडौं । यु-१९ एसिया कपका लागि पाकिस्तानले टोली घोषणा गरेको छ। पाकिस्तानले शाद बेगको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । एसिया कप डिसेम्बर ८ तारिखदेखि संयुक्त अरब इमिरेट्स (यूएई) मा हुँदैछ। एसिया कपमा नेपाल समूह ‘ए’ मा रहेको छ। यस समूहमा नेपालसहित अफगानिस्तान, भारत र पाकिस्तान रहेका छन् । 

नेपालले यसअघि नै एसिया कप खेल्ने टोली घोषणा गरिसकेको छ। पाकिस्तानले शुक्रबार राति घोषणा गरेको यही टोलीसँग नेपालले लिग चरणमै प्रतिस्पर्धा गर्नेछ ।


पाकिस्तानी टोली 

शाद बेग (कप्तान-विकेट किपर), अहमद हुसेन, अलि असफन्द, अमिर हुसेन, आराफात मिनहास (उप-कप्तान), अजान अविस, खुबिब खलिल, नजाब खान, नाबेद अहमद खान, मोहमद रैजुल्लाह, मोहम्मद तैयब आरिफ, मोहम्मद जिशान, शहजिब खान, स्यामुअल हुसेन र उबेद साह ।

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: