काे काे परे आयरल्यान्डविरुद्धकाे खेल्ने नेपाल टिममा ?

दर्पण दैनिक ११ चैत्र २०८०,१७:५२
post

काठमाडौँ । आयरल्यान्ड वुल्भ्स ‘ए’विरुद्धको शृंखलाका निम्ति विनोद भण्डारीको कप्तानीमा नेपाल ‘ए’ टिमको घोषणा गरिएको छ । नेपालले घरेलु मैदानमा आयरल्यान्ड वुल्भ्ससँग पाँच ट्वान्टी-२० र तीन खेलको एक दिवसीय शृङ्खला खेल्ने तालिका छ ।

नेपाल भ्रमणमा रहेको आयरल्यान्ड वुल्भ्सले पहिले ट्वान्टी-२० शृङ्खला खेल्नेछ । पाँच ट्वान्टी-२० शृंखलामध्ये सुरुका दुई खेल भने रोहितकुमार पौडेलको कप्तानीमा रहेको नेपाली सिनियर टिमले खेल्नेछ । त्यसपछिका तीन र तीन खेलको एक दिवसीय शृङ्खला नेपालले विनोद भण्डारीको कप्तानीमा खेल्नेछ ।

आयरल्यान्ड वुल्भ्ससँग नेपालले चैत १२ गते पहिलो ट्वान्टी-२० खेल खेल्नेछ । चैत १३ गते दोस्रो, १५ गते तेस्रो, १६ गते चौथो र चैत १८ गते पाँचौँ म्याच खेलिनेछ । यस्तै, तीन एक दिवसीय खेल चैत २१, २३ र २५ गते खेलिनेछ । प्रतियोगिताका सबै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: