
काठमाडाैं । आइसिसी क्रिकेट विश्वकप लिग–२ सिरिजको अन्तिम खेलमा नेपालले आज यूएईको सामना गर्दैछ । नेपाल र यूएईबीचको खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहान साढे ९ बजेदेखि सुरु हुनेछ ।
नेपालका लागि आजको खेल महत्वपूर्ण छ । आज यूएईलाई हराएमा नेपालले सोझै जुन–जुलाईमा जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकप छनोट खेल्न पाउनेछ । पराजित भएको खण्डमा नेपालले यही महिनाको अन्तिममा नामिबियामा क्वालिफायर प्लेअफ खेल्नेछ । नेपालको नजर नामिबिया नभएर जिम्बाब्वे भ्रमणमा छ ।
उच्च लयमा रहेको नेपालले बिहीबार यूएईविरुद्ध जित निकाल्न चाहन्छ । यही सिरिजमा नेपालले यूएईलाई १७७ रनले हराएको थियो । यूएईविरुद्धको पछिल्लो पाँच ओडिआईमा नेपालले एक खेलमा मात्र हार बेहोरेको छ ।
लगातार उत्कृष्ट प्रदर्शन गरिरहेको नेपालले बिहीबार पनि सोही लय दोहोर्याउन चाहन्छ । यद्यपि नेपालले यूएई पनि लयमा फर्किएको छ । बुधबार मात्र उसले पिएनजीलाई ६ विकेटले हराएको थियो ।
नेपालको सम्भावित प्लेइङ–११ : कुशल भुर्तेल, आसिफ शेख (विकेटपिकर), रोहितकुमार पौडेल (कप्तान), भीम सार्की, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, सन्दीप लामिछाने र ललितनारायण राजवंशी ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google