एनपीएलमा लुम्बिनीकाे पहिलो जित

दर्पण दैनिक २५ मंसिर २०८१,१३:१६
post

काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सले पहिलो जित निकालेको छ । आज बिहान भएको खेलमा चितवन राइनोजलाई ३३ रनले पराजित गर्दै लुम्बिनीले पहिलो जित निकालेको हो । यसअघि चार खेल खेलेको लुम्बिनीले पाँचौँ खेलमा जित निकालेको हो । लुम्बिनीको जितमा कप्तान रोहित पौडेलले अलराउन्ड प्रदर्शन गरे ।

टस जितेर लुम्बिनीलाई ब्याटिङको निम्तो दिएको चितवनले सुरुवातमै दुई विकेट लिँदै दबाबमा पारेको थियो । तर, लुम्बिनीका पौडेलले सम्हालिएको ब्याटिङ गर्दै चितवनविरुद्ध १६७ रनको स्कोर खडा गरे । पौडेलले ८० रन बनाउँदा साद विन जाफरले पनि ५२ रनको अर्धशतकीय पारी खेलेका थिए । त्यस्तै, अर्जुन साउदले ११ र टोम मोर्सले १० रन बनाएसँगै लुम्बिनीले ६ विकेटको क्षतिमा १६७ रन बनाएको थियो ।

१६८ रनको विजय लक्ष्य पछ्याएको चितवन निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३४ रनमा समेटिएसँगै ३३ रनले पराजित हुन पुग्यो । चितवनका लागि सन्तोष कार्कीले १०, लुक बेनकेनस्टाइनले ३१, रवि भोपाराले १२ रन जोडे । त्यस्तै, कुशल मल्लले २० रन जोड्दा रिजन ढकालले नटआउट रहँदै १५ रनको योगदान दिए भने नर सार्कीले २२ रन जोडे ।

उता ब्याटिङतर्फ पनि लुम्बिनीका पौडेलले ४ विकेट लिए । रामोन सिमोन्ड्सले २ विकेट लिँदा साद विन जाफर र अविशेष गौतमले १/१ विकेट लिए । चितवनका लागि रिजन ढकालले ३ विकेट लिँदा कुशल मल्ल र रञ्जित कुमारले १/१ विकेट लिए ।

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: