साफ वुमन्स च्याम्पियनसिप सकिए लगत्तै फ्रान्स लागिन् साम्बा

दर्पण दैनिक १५ कार्तिक २०८१,०९:१८
post

काठमाडौं । साफ वुमन्स च्याम्पियनसिप २०२४ सकिएलगत्तै नेपाली राष्ट्रिय टोलीकी फरवार्ड सावित्रा भण्डारी साम्बा फ्रान्स फर्किएकी छन् । बुधबार राति साफको फाइनल खेलेकी सावित्रा बिहीबार बिहानै व्यावसायिक फुटबल खेल्ने फ्रान्स लागेकी हुन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको फाइनलमा नेपाल बंगलादेशसँग २-१ ले पराजित हुँदै छैटौंपटक उपविजेता बनेको थियो । फ्रान्सको शीर्ष श्रेणीको महिला फुटबल लिग ‘प्रिमियरा लिग’ मा इए अभान्ट गुएग्यापबाट खेलिरहेकी सावित्रा राष्ट्रिय टिमबाट साफ च्याम्पियनसिप खेल्ने नेपाल आएकी थिइन् ।

उनले समूह चरणमा एक खेल मात्र खेलिन् भने सेमिफाइनल र फाइनल गरी कुल तीन खेल खेलिन् । जसमा दुई गोल गरिन् ।
 

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: