प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट :  वाग्मती प्रदेश र एपीएफको विजयी सुरुआत

दर्पण दैनिक ५ पुष २०८०,१३:३५
post

काठमाडौं । मधेस प्रदेशविरुद्ध २८ रनको जित निकाल्दै वाग्मती प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुखद सुरुआत गरेको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा वाग्मतीले प्रस्तुत गरेको ११८ रनको लक्ष्य पछ्याउने क्रममा मधेसले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर ८९ रनमात्र बनाउन सक्यो ।


त्यस्तै, मूलपानीस्थित मूलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा विभागीय टिम एपीएफ क्लबले सुखद सुरुआत गरेको छ । एपीएफले सुदूरपश्चिम प्रदेशविरुद्ध ९ विकेटको सहज जित निकालेको हाे । 


आजदेखि सुरु भएको प्रतियोगितामा कुल आठ टिमको सहभागिता छ । राउन्ड रोबिन लिग पद्धतिमा सञ्चालित प्रतियोगिताको शीर्ष चार टिम प्लेअफमा प्रवेश गर्नेछन् ।


 

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: