टी- २० विश्वकप : नेदरल्यन्ड्ससँग भिड्दै नेपाल, नेपाली कप्तानले दिए यस्ताे प्रतिक्रिया

दर्पण दैनिक २२ जेष्ठ २०८१,०८:५५
post

काठमाडाैं । अमेरिका र वेस्ट इन्डिजमा जारी टी- २० विश्वकप क्रिकेटअन्तर्गत नेपालले आज आफ्नो पहिलो खेल खेल्दै छ । अमेरिकाको डल्लासस्थित ग्रान्ड प्रेरी क्रिकेट रंगशालामा नेपाल राति सवा ९ बजे नेदरल्यान्ड्सविरुद्ध मैदानमा उत्रँदै छ ।

यो नेपालले १० वर्षपछि खेल्न लागेको विश्वकप क्रिकेट हो । आज नेदरल्यान्ड्सँग खेल्न लागेको नेपाल ११ जुनमा श्रीलंकाविरुद्ध मैदानमा उत्रनेछ । त्यस्तै १४ जुनमा नेपालले दक्षिण अफ्रिकाको सामना गर्नेछ भने १६ जुनमा बंगलादेशविरुद्ध मैदानमा उत्रनेछ ।

आजको खेलमा नेदरल्यान्ड्सलाई पराजित गर्दै सुपर ८ को यात्रालाई मजबुत बनाउने नेपालको लक्ष्य हुनेछ । हेड टु हेडका आधारमा हेर्दा नेपाल र नेदरल्यान्ड्सबीच टी-२० अन्तर्राष्ट्रयमा १२ खेल भएका छन् । जसमा नेपालले ५ र नेदरल्यान्ड्सले ६ खेलमा जित निकालेका छन् भने १ खेल नतिजाविहीन भएको छ ।

नेदरल्यान्ड्ससँगको खेलअगाडि कप्तान रोहित पौडेलले आफूहरू उत्साही रहेको प्रतिक्रिया दिएका छन् । सबै नेपाली खेलाडीहरू खेलका लागि उत्साही रहेको उनको भनाइ थियो । पौडेलले भने- विश्वकप सुरु भएदेखि नाइस नर्भसनेस आइराछ । हामी सबै उत्साही छौँ । १० वर्षपछि विश्वकप खेल्न पाउँदा हामी सबै उत्साहित छौँ । साथसाथै हामीमा जिम्मेवारी पनि छ ।

उनले नेपाली टिम सन्तुलित र सबै जना उत्तिकै क्षमतावान रहेको पनि बताए । साथसाथै नेदरल्यान्डस पनि उत्तिकै राम्रो टिम भएको उनको भनाइ छ । जसका कारण दबाब झेल्न सक्ने टिम नै विजयी हुने पौडेलको प्रतिक्रिया छ ।

'हामीले क्यानडासँग वार्मअप खेल पनि खेलेका छौँ,' पौडेलले भने, 'हामीले त्यसअनुसार पिचको कण्डिसन हेरेर खेल्यौँ भने राम्रो नतिजा निकाल्न सक्छौँ ।'

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: