काठमाडाैं । नेपालको आईसीसी टी२० वरीयतामा सुधार भएको छ । आईसीसीले शुक्रबार जारी गरेको नयाँ वरीयतामा एक स्थान सुधार भएको हो । एसियाली खेलकुदअन्तर्गत बुधबार नवप्रवेशी टिम मंगोलियामाथि कीर्तिमानी जित हात पारेपछि नेपाललाई वरीयतामा फाइदा भएको हो ।
नेपालले मंगाेलियाविरुद्ध पहिला ब्याटिङ गर्दै ३१४ रन बनाएकाे थियाे भने ४१ रनमा उसलाई अलआउट गरी २७३ रनकाे जित हात पारेकाे थियाे ।
नेपाल एक स्थान सुधार गर्दै आईसीसी वरीयताको १६औँ स्थानमा आएको छ । यसअघि नेपाल १७ औं स्थानमा थियो । नेपालभन्दा पहिलो एसोसिएट्स टिममा नामिबिया १३, स्कटल्यान्ड १४ र नेदरल्यान्ड १५ औँ स्थानमा छन् ।
नेपालभन्दा पछाडि यूएई १७ औँ, पीएनजी १८औँ, क्यानडा १९औँ र ओमान २० औँ स्थानमा छन् । शीर्ष स्थानमा भने भारत छ ।
ओडीआई वरीयतामा भने नेपाल १५औँ स्थानमा यथावत छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google