खेलकुद नै राष्ट्रिय एकताको सूत्रधार : मन्त्री श्रेष्ठ

दर्पण दैनिक १० चैत्र २०८०,१९:०२
post

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले आफूले सम्हालेको मन्त्रालय विदेशमा नेपालको प्रतिनिधित्व गर्ने र राष्ट्रिय झण्डालाई चिनाउने मन्त्रालयको रूपमा रहेको बताएका छन् । शनिबार रास्वपाले आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले खेलकुद नै राष्ट्रिय एकताको सूत्रधारको रूपमा रहेको तर्क गर्दै खेलकुद क्षेत्रमा के नयाँ गर्न सकिन्छ भन्ने बारेमा पार्टी नेतृत्वसँग पनि आफूले छलफल गरेको बताए । 

मन्त्रालय सम्हाल्दा बेथिति नै बेथितिको पहाडमा बसेको जस्तो अनुभूति हुने गरेको बताउँदै उनले समस्या समाधान गर्न पुगेको बताए । युवा तथा खेलकुद मन्त्रालय अब तल जाने ठाउँ नै नभएकोले जे गर्दा पनि माथि जाने अवस्थामा रहेको उल्लेख गरे ।  उनले राष्ट्रिय खेलकुद परिषद् राजनीतिक नियुक्तिले विकृतिको अखडा बनेको बताउँदै राजनीतिक खेलका लागि पनि भाग छुट्याउनुपर्ने अवस्थामा रहेको टिप्पणी गरे ।

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: