स्केटिङ तथा स्केट बोर्डिङ संघ बागमती प्रदेशको जर्सी सार्वजनिक

दर्पण दैनिक १६ असार २०८१,०७:३३
post

काठमाडौं । स्केटिङ्ग तथा स्केट बोर्डिङ संघको आयोजनामा बाग्मती प्रदेशको जर्सी सार्वजनिक भएको छ। ललितपुरको जावलाखेलमा एक कार्यक्रम आयोजना गरि जर्सी सार्वजनिक गरेको हो । कार्यक्रममा संघका अध्यक्ष प्रकाश श्रेष्ठ, उपाध्यक्ष विकास लामा, सुमन कट्टेल, सह-सचीव माईकल प्रजा ,कोषाध्यक्ष अनिश बानियाँ लगायत पदाधिकारीहरुको उपस्थितिमा  खेलाडीहरुलाई जर्सी वितरण गरेका थिए । स्केटिङ्ग तथा स्केट बोर्डिङ साहसिक खेल भएकोले  अन्तर्राष्ट्रिय जगतलाई समेत केन्द्रित गर्न सकिने र नेपालले यसको अग्रसरता लिनुपर्ने कुरामा अध्यक्ष श्रेष्ठले जोड दिएका छन् ।

'स्केटिङ साहसिक खेल भएकोले पर्यटन प्रबर्द्धनमा समेत मद्दत गर्छ। यस खेललाई सरकारले थप हौसला र सहयोग गर्दै जाँदा राष्ट्रलाई खेलबाट टेवा पुग्ने भएकोले  स्केटिङ खेललाई जिल्ला ,प्रदेश  स्तरबाट नै बिकास गर्दै जानू पर्छ' उपाध्यक्ष बिकाश लामाले कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा बताए ।

कार्यक्रममा विभिन्न कम्पनीहरुले प्रायोजक गरि स्केटिङ्ग तथा स्केट बोर्डिङ खेललाई बिकास गर्दै लैजाने ह्वाइट रयाबिट स्टुडियोका संचालक विवेक शर्माले बताए । कार्यक्रममा गाबहाल डेन्टल क्लिनिक ,फिउचर फाउन्डेर, क्लब डाइनामिक, रसुवा सन्साइन ग्रेस हाउसका संचालकहरुको समेत उपस्थितमा कार्यक्रम सम्पन्न भएको थियो । स्केटिङ्ग तथा स्केट बोर्डिङ संघ बागमती प्रदेशले बाग्मती प्रदेशमा विभिन्न खेल आयोजना गर्ने तयारी समेत गरिरहेका छन ।

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: