फिफा वरीयतामा नेपालको तीन स्थान सुधार

दर्पण दैनिक १० चैत्र २०७९,२०:३४
post

काठमाडौं । नेपाली महिला फुटबल टोलीको फिफा वरीयतामा तीन स्थान सुधार भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले शुक्रबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले तीन स्थान सुधार गरेको हो । नयाँ वरियतामा नेपाल एक हजार दुई सय पाँच अंकका साथ एक सयौँ स्थानमा उक्लिएको छ । यसअघि नेपाल १०३औँ स्थानमा थियो ।  


एसियाली राष्ट्रको वरीयतामा भने नेपाल २०औँ स्थानमा छ । आज सार्वजनिक गरिएको वरीयतामा अमेरिका शीर्ष स्थानमा यथावत छ भने जर्मनी दोस्रो तथा स्वीडेन तेस्रो स्थानमा छ । इङ्ल्यान्ड चौथो, फ्रान्स पाँचौँ, क्यानडा छैटौँ र स्पेन सातौँ स्थानमा छ्न । नेदरल्यान्ड्स आठ, ब्राजिल नवौँ र अस्ट्रेलिया दसौं स्थानमा छन् ।

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: