घाइते अवस्थामा एउटै खुट्टाकाे भरमा चाैका र छक्काकाे वर्षा गर्दै म्यासवेलले दाेहाेराे शतक हाने

दर्पण दैनिक २२ कार्तिक २०८०,०९:२६
post

काठमाडौं । विश्वकप क्रिकेटकाे इतिहासकै एउटा अविश्वसनीय म्याचमा अष्ट्रेलियाले अफगानिस्तानमाथि अविश्वसनीय जित हासिल गरेकाे छ । ग्लेन म्याक्सवेलले असाधारण ब्याटिङ गर्दै हारकाे मुखबाट अष्ट्रेलियालाई जित दिलाए । अष्ट्रेलियाले ९१ रनमा ७ विकेट गुमाएकाे अवस्थाबाट २९२ काे लक्ष्य भेटेकाे हाे । म्यासवेलले घाइते अवस्थामा दाेहाेराे शतक हान्दै अफगानिस्तानलाई स्तब्ध तुल्याए ।

अफगानिस्तानले पहिले ब्याटिङ गर्दै २९१ रनकाे बलियाे स्काेर खडा गरेकाे थियाे । अफगानिस्तानका ईब्राहिन जद्रानले शतकीय पारी खेले । तर म्याक्सवेलकाे इनिङले उनकाे शतक ओझेलमा परेकाे छ ।


जवाफी ब्याटिङमा अष्ट्रेलिया धराशयी बनेकाे थियाे । तर म्याक्सवेललाई आउट गर्न नसक्दा अफगानिस्तानले नमिठाे हार व्यहाेर्नुपर्याे ।

आठाै विकेटका लागि म्याक्सवेलले कप्तान प्याट कुमिन्ससँग अविजित दाेहाेराे साझेदारी गरे । उनीहरूकाे साझेदारीमा म्याक्सवेलले १७९ रन र कुमिन्सकाे याेगदान १२ रन (६८ बल)काे थियाे ।

म्याक्सवेलले शतक हानेपछि घाइते भएका थिए । रनका लागि दाैडिने अवस्थामा नै थिएनन् । तर उनले हार मानेनन् । एउटै खुट्टाकाे भरमा चाैका र छक्काकाे वर्षा गरिरहे । म्याक्सवेलले १२८ बलकाे सामना गर्दा कुल १० छक्का र २१ चाैका प्रहार गरेका छन् । पछिल्ला ओेभरमा उनले अधिकांस रन बाउन्ड्रीबाट लिएका थिए ।

म्याक्सवेललाई अफगानिस्तानले दुईपटक क्याच ड्रप गरेकाे थियाे । ३३ रनकाे अवस्थामा उनकाे सहज क्याच मुजिबुर रहमानले छाेडेका थिए । त्यही नै खेलकाे टर्निङ प्वाइन्ट सावित भयाे ।

आजकाे जितसँगै अष्ट्रेलिया विश्वकपकाे सेमिफाइनलमा प्रवेश गरेकाे छ भने अफगानिस्तानकाे सम्भावना कमजाेर भएकाे छ ।

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: