विश्वकप क्रिकेट : पाकिस्तासँग श्रीलंकाका ६ विकेटले पराजित, एउटै खेलमा ४ शतक

दर्पण दैनिक २४ आश्विन २०८०,०७:४१
post

काठमाडौं । विश्वकप क्रिकेटमा पाकिस्तानले श्रीलंकाकालाई ६ विकेटले हराएको छ । खेलका श्रीलंका र पाकिस्तानका २-२ ब्याट्सम्यानले शतक बनाएका थिए । तर पाकिस्तानका मोहमद रिजवान र अब्दुल सफिकले शतक बनाएपछि उसले ३४५ रनको लक्ष्य खेल सकिन १० बल बाँकी छँदै ४ विकेट गुमाएर पूरा गर्‍यो ।

ओपनर सफिकले १०३ बलमा ११३ रन बनाए भने मोहमद रिजवान १३१ रनमा नट आउट रहे ।  १२१ बल खेलेका रिजवानले ८ चौका र ३ छक्का हाने ।

यसअघि पहिला ब्याटिङ गरेको श्रीलंकाका कुशल मेन्डिसले १२२ तथा सदिरा समराविक्रमले १०८ रन बनाएका थिए ।


मेन्डिसले मात्र ७७ बलमा १४ चौका र ६ छक्काको मद्दतमा १२२ रन बनाएका हुन् । ८९ बल खेलेका सदिराले भने ११ चौका र दुई छक्का हानेका थिए ।

यी दुई तेस्रो विकेटका लागि १११ रनको साझेदारी पनि गरेका थिए ।

सदिरा ब्याटिङमा आउनुअघि मेन्डिसले ओपनर पथुम निसंकासँग दोस्रो विकेटका लागि १०२ रनको साझेदारी गरेका थिए । तर पनि श्रीलंका पराजित भयो ।

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: