वेष्ट इन्डिज 'ए' विरुद्धको सिरिजका लागि रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टिमको घोषणा

दर्पण दैनिक १३ बैशाख २०८१,११:४०
post

काठमाडाैं । वेष्ट इन्डिज 'ए' विरुद्धको पाँच टी-२० खेलको सिरिजका लागि नेपाली क्रिकेट टिमको घोषणा भएको छ । बिहीबार नेपाल क्रिकेट संघ (क्यान) ले वेष्ट इन्डिज 'ए' विरुद्धको सिरिजका लागि रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टिमको घोषणा गरेको हो ।

टिममा कप्तान रोहितसँगै आसिफ शेख, कुशल भुर्तेल, अनिल साह, आरिफ शेख, सन्दिप जोरा, दीपेन्द्रसिंह ऐरी र कुशल मल्ल परेका छन् । यसैगरी, गुल्सन झा, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी, अविनाश बोहरा, विवेक यादव र आकाश चन्द पनि टिममा परेका छन् । ओमानमा भएको एसीसी प्रिमियर कप प्रतियोगिता खेल्दा नेपालको टिममा नअटाएका आरिफ र आकाशले वेष्ट इन्डिज 'ए' विरुद्धको सिरिजका लागि भने टिममा स्थान बनाएका छन् ।

नेपालले वेष्ट इन्डिज 'ए' सँग पहिलो खेल शनिबार खेल्नेछ । नेपालसँग टी-२० सिरिज खेल्न वेष्ट इन्डिज ‘ए’ क्रिकेट टिम बुधबार बिहान नै नेपाल आइपुगेको छ । रोस्टन चेजको कप्तानीमा सिनियर टोलीबाट खेलेका १२ खेलाडीसहित वेस्ट इन्डिजको ‘ए’ टिममा छन् । वेस्ट इन्डिज ‘ए’ सँग नेपालले दोस्रो खेल १६ वैशाखमा, तेस्रो खेल १९ वैशाख, चौथो खेल २० वैशाख र २२ वैशाखमा अन्तिम खेल खेल्नेछ । सबै खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछन् ।


नेपालले वेस्ट इन्डिज ‘ए’ सँग आईसीसी टी-२० विश्वकपको तयारी स्वरूप शृंखला खेल्न लागेको हो । वेस्ट इन्डिज ‘ए’ सँगको शृंखलापछि नेपाली क्रिकेट टिम टी-२० विश्वकप खेल्न अमेरिका प्रस्थान गर्नेछ ।

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: