सोलुखुम्बु । चन्द्रज्योति माध्यमिक विद्यालयको आयोजनमा मैत्रीपुर्ण महिला तथा पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । उक्त भलिबल प्रतियोगितामा आज भएको महिलातर्फ खेलमा आयोजक चन्द्रज्योति मावि ए ले चन्द्रज्योति मावि बी लाई सोझो दुई सेटले पराजित गरेको छ । त्यस्तै हिमालयन यति विल्डर्स छिरिङखर्क र सगरमाथा आधारभूत विद्यालय सगरडाँडाबिच भएको खेलमा सगरमाथा आविले सोझो दुई सेट हात पार्दै खेल आफ्नो पोल्टामा पारेको छ ।
पुरुषतर्फ चन्द्रज्योति मावि भकान्जे बी र शिव पार्वती सामुदायिक संस्था ए सगरडाँडा बिच भएको खेलमा शिव पार्वती सामुदायिक सस्था ए ले जितेको छ । त्यस्तै छिम्बु आधारभुत विद्यालय छिम्बु र आयोजक चन्द्रज्योति माध्यमिक विद्यालय ए भकान्जेबिच भएको खेलमा चन्द्रज्योती मावि भकान्जे विजय भएको छ ।
हिमालय यति विल्डर्स ए छिरिङखर्क र सेरा अर्गानिक कृषि फारम किन्जाबिच भएको खेलमा सोझो सेट निकाल्दै सेरा अर्गानिक कृषि फारम किन्जाले सेमिफाइनलको बाटो तय गरेको छ ।
शिव पार्वती सामुदायिक संस्था र हिमालय यति विल्डर्स ए छिरिङखर्कबिच भएको खेलमा हिमालयन यति बिल्डर्सलाई पराजित गर्दै शिव पार्वती सामुदायिक सस्था सेमिफाइनलमा प्रवेश गरेको छ । चन्द्रज्योती मावि ए र हिमालयन यति बिल्डर्स बी बिच भएको खेलमा हिमालयन यति बिल्डर्स छिरिङखर्कलाई हराउँदै चन्द्रज्योती मावि ए सेमिफाइनलमा पुगेको छ.।।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google