टी-२० विश्वकपबाट बाहिरियो श्रीलंका

दर्पण दैनिक १ असार २०८१,०७:३०
post

काठमाडाैं । टी-२० विश्वकपबाट श्रीलंका बाहिरिएको छ । गएराती सम्पन्न समुह डी अन्तर्गतको खेलमा बंगलादेशले नेदरल्याण्डसलाई पराजित गरेसँगै श्रीलंका सुपर आठको दौडबाट बाहिरिएको हो ।

यस खेलमा बंगलादेशले नेदरल्याण्डसलाई २५ रनले पराजित गरेको थियो । बंगलादेशले दिएको १६० रनको लक्ष्य पछाएको नेदरल्याण्डस २० ओभरमा ८ विकेट गुमाउदै १३४ रन बनाएपछि बंगलादेश २५ रनले विजयी भएको थियो । यस अघि बंगलादेशले पहिला ब्याटिंग गर्दै २० ओभरमा ५ विकेट गुमाएर १५९ रन बनाएको थियो ।

यो खेलपछि समुह डी मा बंगलादेशक ओ३ खेलमा २ जित र एक हारसँगै ४ अंक भएको छ र दोस्रो स्थानमा रहेको छ । त्यस्तै नेदरल्याण्डसको ३ खेलमा एक जित र २ हारसहित २ अंक भएको छ र तेस्रो स्थानमा छ । यसै समुहमा रहेको नेपालको २ खेलमा एक अंक रहेको छ ।

त्यस्तै श्रीलंकाले ३ खेलमा २ हार र नेपालविरुद्धको खेल बर्षाले रद्ध हुदा एक अंक हासिल गरेको छ । योसँगै श्रीलंकाको विश्वकप यात्रा समुह चरणबाटै सकिएको छ ।

यस समुहबाट दक्षिण अफ्रिकाले लगातार तीन खेलमा जित हासिल गर्दै सुपर आठमा पुगिसकेको छ । अब सुपर आठको दौडमा बंगलादेश नेदरल्याण्डस र नेपाल रहेका छन् ।

अब दक्षिण अफ्रिका र नेपालबीच शनिबार बिहान खेल हुने छ भने जुन १७ मा नेपाल र बंगलादेशबीच खेल हुदै छ । त्यस्तै जुन १७ मै नेदरल्याण्डस र श्रीलंका खेल्ने छन् ।

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: