फुटबलर सावित्रा भण्डारी सम्मानित

दर्पण दैनिक २२ पुष २०८०,०९:२७
post

काठमाडाैं । नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी फरवार्ड खेलाडी सावित्रा भण्डारी (साम्बा) सम्मानित भएकी छिन् । लमजुङको बेँसीसहर नगरपालिका–७ सहजी खेलमैदानमा जारी ३१औँ त्रिवेणी कपको समापन कार्यक्रममा आज भण्डारीलाई त्रिवेणी युवा क्लबले सम्मान गरेको हो । 

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नगद २० हजार, दौसल्ला ओढाएर साम्बालाई सम्मान गरे । लमजुङ जिल्लामा जन्मेर जिल्ला र देशको नाम अन्तर्राष्ट्रियस्तरसम्म चिनाउन सफल भएकाले उनलाई सम्मान गरिएको क्लबका सचिव प्रविण वाग्लेले बताए । 

गृह जिल्लामा सम्मानित हुन पाउँदा खुसी लागेको फुटबल खेलाडी भण्डारीले बताइन् । यस्ता सम्मानले अझै राम्रो र निरन्तरण खेल्न प्रेरणा मिल्ने उनको भनाइ छ । 

भण्डारी हाल सशस्त्र प्रहरी बल क्लब तथा नेपाल महिला राष्ट्रिय फुटबल टोलीबाट खेल्ने खेल्छिन् । नेपाली फुटबल क्षेत्रमा साम्बा उपनामले समेत परिचित साबित्रा महिला फुटबल खेलाडीमा आफूलाई स्थापित गर्दै अघि बढेकी छिन् । रासस 

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: