फिफा विश्वकप छनोटका लागि युएईसँग खेल्दै नेपाल

दर्पण दैनिक ३० कार्तिक २०८०,०७:१५
post

काठमाडौं । फिफा विश्वकप छनोट अन्तर्गत नेपाल र युएईबीचको खेल बिहीबार हुँदैछ। नेपाली समयअनुसार राति साढे ९ बजे नेपालले दोस्रो चरणको पहिलो खेल युएईको दुबईमा खेल्नेछ।

दोस्रो चरणमा नेपाल रहेको समूहमा युएई, बहराइन र यमन छन्। दोस्रो चरणका खेलहरू होम एन्ड अवेमा २-२ खेलमा हुने भएकाले नेपालले ६ खेल खेल्नेछ। मंसिर ५ मा नेपालले दोस्रो खेल यमनसँग दशरथ रंगशालामा साँझ ७ बजे खेल्नेछ।


चार टिममध्ये शीर्ष दुई टिम एसिया कपमा छनोट हुनेछन्। शीर्ष दुई टिम विश्वकपको तेस्रो चरणका लागि छानिनेछन्। पुछारका दुई टिमको विश्वकप छनोट यात्रा सकिएपनि एसिया कपको तेस्रो चरणमा स्थान बन्नेछ।

फिफा वरीयतामा युएई ६९औं स्थानमा छ। युएई समूहको सबैभन्दा बलियो टिम हो। बहराइन ८३औं र यमन १५६औं स्थानमा रहँदा नेपाल १७३औं स्थानमा छ।


पहिलो चरणमा लाओसलाई पराजित गर्दै नेपाल दोस्रो चरणमा पुगेको थियो।

नेपाली टिम

गोलकिपरः किरणकुमार लिम्बू, दीप कार्की, अभिषेक बराल

डिफेन्डरः सनिश श्रेष्ठ, रोहित चन्द, अन्जन राई, आशिष चौधरी, अमृत श्रेष्ठ, एरिक विष्ट, छिरिङ लामा, योगेश गुरुङ

मिडफिल्डर : लकेन लिम्बु, उत्सव राई, कृतिश रत्न छिन्जु, मनिष डाँगी, सेसेहाङ आङ्देम्बे, निशान हमाल

फरवार्डः अन्जन विष्ट, आयुष घलान, जिलेस्पी जंग कार्की, हिसुब थपलिया, सञ्जीव विष्ट, राजेश परियार

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: