एसियाड खेल्न चीनतर्फ उडे सन्दीप र सागर

दर्पण दैनिक ९ आश्विन २०८०,१३:३१
post

काठमाडौं । एसियाली खेलकुद (एसियन गेम्म) मा सहभागि हुन् क्रिकेटर सन्दीप लामिछाने चीनतर्फ उडेका छन् । उनी घाइते भएका ललित राजवंशीको स्थानमा बोलाइएका अर्का क्रिकेटर सागर ढकालसँगै चीनतर्फ उडेका हुन् । 

नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द र पूर्वकप्तासमेत रहेका सचिव पारस खड्कासँगको छलफलपछि उनी चीनको हाङजाओमा हुने एसियाड खेल्न तयार भएका थिए । 

प्रशिक्षणका क्रममा ललित घाइते भएपछि राष्ट्रिय टोलीमा बोलाइएका सागर ढकालले पनि यो पटकको एसियाडमा देशको प्रतिनिधित्व गर्दैछन् । 

नेपाली राष्ट्रिय क्रिकेट टोली भने आइतबार नै चीन गइसकेको छ । बलात्कार अभियोग लागेका लामिछाने भने त्यही दिन मुद्दाको पेसी परेकाले टोलीसँगै जान पाएनन् ।  तर न्यायाधीश नभएको भन्दै काठमाडौं जिल्ला अदालतले मुद्दाको सुनुवाइ स्थगन गरेपछि उनी चीन जाने बाटो खुलेको थियो । 

क्यानले हिजै (सोमबार) का लागि चीन जाने टिकट काटे पनि अध्यक्ष चन्द र सचिव खड्कासँग सन्दीपको सोमबार राति ९ बजे छलफल चलेको थियो । चन्द र खड्काले अन्तर्राष्ट्रिय खेलमा उनको पनि योगदान आवश्यक भएको भनेर सम्झाएपछि सन्दीप चीन जान तयार भएका थिए। 

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: