विश्वकपको सुपर–८ मा नपुगी बाहिरियो पाकिस्तान

दर्पण दैनिक २ असार २०८१,०७:३०
post

काठमाडौं । अमेरिका आईसीसी टी–२० विश्वकपको सुपर–८ मा प्रवेश गरेको छ । आफ्नो पहिलो सहभागितामा नै आयोजक अमेरिका समूह ए बाट भारत सँगै दोस्रो चरणमा प्रवेश गर्न सफल भएको हो ।

अमेरिका र आयरल्यान्ड बीच फ्लोरिडामा हुनुपर्ने खेल वर्षाका कारण रद्द भएपछि अमेरिका दोस्रो चरणमा प्रवेश गर्ने पक्का भएको हो ।
उता दुवै टोलीले अंक बाँडेपछि साविक उपविजेता पाकिस्तान भने प्रतियोगिताबाट बाहिरिएको छ । 

आफ्नो पहिलो खेलमा अमेरिकाविरुद्ध हार बेहोरेको पाकिस्तान यसपटक दोस्रो चरणमा नपुगी घर फर्किने भएको हो । समूह ए मा भारत ३ खेलमा ३ जित सहित शीर्ष स्थानमा छ । अमेरिकाको आजको नतिजा पछि ४ खेलमा ५ अंक पुगेको छ। पाकिस्तानको भने ३ खेलमा २ अंक मात्र रहेको छ ।  यस्तै क्यानाडाको पनि ३ खेलमा २ अंक रहेको छ भने आयरल्याण्डको ३ खेलमा शून्य अंक छ ।

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: