काठमाडाैं | राप्रपा नेपालका अध्यक्ष कमल थापा ‘वर्ल्ड टेनिस मास्टर्स एम टी २००’ प्रतियोगिताको फाइनलमा पुगेका छन् ।
भारतको दार्जिलिङ जिमखाना क्लबद्वारा आयोजित ‘वर्ल्ड टेनिस मास्टर्स एम टी २००’ प्रतियोगिताको ६० वर्ष उमेर समूहको डबल प्रतिस्पर्धामा भारतीय खेलाडीहरूलाई पराजित गर्दै उनी फाइनलमा पुगेका हुन् ।
सामाजिक सञ्जाल ट्विटरमा लेख्दै अध्यक्ष थापाले भारतीय खेलाडीलाई पराजित गर्दै आफू र झ्याम्पा धोण्डुप फाइनलमा पुगेका जानकारी दिए । भेट्रान्स सिङ्गलमा अध्यक्ष थापा सेमिफाइनलमा पुगेका छन् ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google