स्वीडेनलाई २-१ गोलले हराउँदै स्पेन महिला विश्व कपको फाइनलमा

दर्पण दैनिक ३० श्रावण २०८०,१६:१४
post

काठमाडौँ । स्पेन ‘नवौं महिला विश्व कप फुटबल प्रतियोगिता’ को फाइनलमा पुगेको छ । स्पेन मंगलबार खेलिएको सेमिफाइनल खेलमा बलियो प्रतिद्वन्द्वी स्वीडेनलाई २—१ गोलले हराउँदै प्रतियोगिताको फाइनलमा पुगेको हो ।

स्पेनले अब उपाधिका लागि अस्ट्रेलिया र इङ्ल्यान्डबीच हुने सेमिफाइनल खेलको विजेतासँग उपाधिका लागि भिडन्त गर्नेछ । दोस्रो सेमिफाइनल खेल बुधबार खेलिने छ ।

पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएको थियो । निर्धारित समयको ८१औं मिनेटमा स्पेनका लागि सलमा सेलेस्टी आइनगोनोले पहिलो गोल गरेकी थिइन् ।

तर, स्पेनको त्यो अग्रता लामो समय टिक्न सकेन । निर्धारित समयको ८८औं मिनेटमा स्वीडेनका लागि रेबेका ब्लोमभिष्टले जवाफी गोल गरिन् । त्यसको एक मिनेटपछि नै स्पेनका लागि ओल्गा कार्मोनाले निर्णायक गोल गरेकी थिइन् ।

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: