एसिया कप : आज भारतसँग खेल्दै नेपाल

दर्पण दैनिक १८ भाद्र २०८०,०७:५५
post

काठमाडौं । एसिया कप समूह ए को अन्तिम खेलमा नेपालले आज भारतसँग खेल्दै छ । खेल आज दिउँसो ३:१५ बजे श्रीलङ्काको क्याण्डीमा हुनेछ । समूह ए बाट पाकिस्तान ३ अंकसहित सुपर फोरमा पुगिसकेको छ । यता भारतले १ अंक जोडेको छ । भने पाकिस्तानसँग पराजित भएको नेपाल अंक विहीन छ ।

शनिवार भारत र पाकिस्तानको खेल वर्षाका कारण रद्द भएको थियो । शनिवारको खेलमा अंक बाडेका कारण भारतलाई नेपालविरुद्धको खेल जित्ने दबाब बढेको हो ।

सोमबार नेपालसँगको खेलमा पराजित भएमा भारतको एसिया कप यात्रा समाप्त हुनेछ । सो खेल शनिवारको जस्तै रद्द भएमा भने भारतले सुपर फोरमा स्थान बनाउने छ ।

यस्तै भारतीय तीव्र गतिका बलर जसप्रित बुमराहले नेपालसॅंगको खेल गुमाउने भएका छन् । उनी आफ्नो व्यक्तिगत कारण भारत फर्किएको बताइएको छ । उनको स्थानमा मोहम्मद सामीले मौका पाउने सम्भावना छ ।

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: