चीनको हाङ्झाउमा हुने एसियन गेम्सका लागि भारतीय फुटबल टिमको घोषणा

दर्पण दैनिक २९ भाद्र २०८०,०८:५८
post

काठमाडाैं । यसै महिना चीनको हाङ्झाउमा हुने एसियाली खेलकुदका लागि भारतीय पुरुष फुटबल टोलीको घोषणा गरिएको छ । अल इन्डिया फुटबल फेडरेशनले बुधबार १८ सदस्यीय पुरुष टोलीको घोषणा गरेको हो ।

एसियाली खेलकुदमा यू–२३ फुटबल टोलीले मात्रै प्रतिस्पर्धा गर्नेछन् । जसमा सबै टिमबाट ३ सिनियर खेलाडीले मात्रै सहभागिता जनाउन पाउनेछन् । यसअघि अगस्ट १ मा २२ सदस्यीय भारतीय टोली छनोट गर्दा तीन सिनियर खेलाडी समावेश गरिएको थियो ।

सिनियर खेलाडीमा सन्देश झिंगान, गुरप्रीत सिंह सन्धु र सुनिल क्षेत्री थिए तर अहिले क्षेत्रीले मात्रै स्थान पाएका छन् । ६ समुहमा विभाजन गरी २३ टोलीको सहभागिता रहेको प्रतियोगितामा समुह ए, बी, सी, ई र एफ मा ४/४ टिम र समुह डी मा ३ टिम रहेका छन् । भारतको पुरुष टोली आयोजक चीन, बंगलादेश र म्यानमारसँगै समूह ए मा परेको छ ।

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: