पाकिस्तानलाई हराउँदै भारतले जित्याे साफ यू–१९ च्याम्पियनकाे उपाधि

दर्पण दैनिक १३ आश्विन २०८०,२०:४९
post

काठमाडौं । साफ–यू १९ च्याम्पियनसिपअन्तर्गत आज भएको फाइनल खेलमा पाकिस्तानलाई हराउँदै भारत च्याम्पियन बनेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार पाकिस्तानलाई ३–० ले हराउँदै भारत लगातार तेस्रो पटक च्याम्पियन बनेको हो ।

यसअघि सन् २०१९ र २०२२ मा पनि भारत च्याम्पियन बनेको थियो । भारतलाई जित दिलाउन सुरुवाती दुवै गोल मागेथाङ किपगेनले गरे । अर्को गोल गोगोसर गोएरीले गरेका थिए ।

पहिलो गोल ६४औँ मिनेटमा गरेका उनले अर्को गोल ८५औँ मिनेटमा फ्रिकिकमार्फत भएको हो । गोगसरले इन्जुरी समयमा तेस्रो गोलल गरेका थिए ।

यी दुवै टोलीले सेमिफाइनलमा ट्राईबेकरमा जित निकाल्दै फाइनल पुगेका थिए । भारतले नेपाललाई हराउँदै फाइनमा स्थान पक्का बनाएको थियो भने पाकिस्तानले भुटानलाई हराएको थियो ।

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: