एसियाली खेलकुद : भारतले नेपाललाई दियाे २ सय ३ रनकाे लक्ष्य

दर्पण दैनिक १६ आश्विन २०८०,०८:४१
post

काठमाडाैं । एसियाली खेलकुदको पुरुष क्रिकेटअन्तर्गत क्वार्टरफाइनल खेलमा भारतविरुद्ध नेपालले जितका लागि २ सय ३ रनको लक्ष्य पाएको छ । 

टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा २ सय २ रन बनाएको हो । 

भारतका लागि ओपनर यशस्वी जैसवालले शानदार ब्याटिङ गरे । उनले मात्र ४८ रनमा शतक प्रहार गरे । योसँगै उनी टी–२० अन्तर्राष्ट्रियमा सबैभन्दा कम उमेरमा शतक हिर्काउने भारतीय खेलाडी बनेका छन् । 

यस्तै भारतका रिंकु सिंहले १५ बलमा ३७ ऋतुराज गायकवडले २३ मा २५ तथा शिवम् दुवेले १९ बलमा २५ रन बनाए । 

नेपालका दीपेन्द्रसिंह ऐरीले दुई तथा सन्दीप लामिछाने र सोमपाल कामीले एक–एक विकेट लिए । 
 

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: