साफ च्याम्पियनसिप खेल्न काठमाडाैँ आइपुग्यो पाकिस्तानी टिम

दर्पण दैनिक २७ आश्विन २०८१,०९:३७
post

काठमाडौँ । आगामी कात्तिक पहिलो साता नेपालमा हुन लागेको महिला साफ च्याम्पियनसिपमा सहभागी हुन पाकिस्तानी टोली काठमाडाैँ आइपुगेको छ । आइतबार बिहान काठमाडौँ आइपुगेको पाकिस्तानी टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रवक्ता सुरेश साहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् ।  

सातौँ संस्करणको साफ च्याम्पियनसिप आगामी कात्तिक १ देखि १४ गतेसम्म काठमाडौँमा हुँदैछ । यो नेपालमा हुन लागेको तेस्रो साफ च्याम्पियनसिप हो । 

यसअघि बंगलादेश, श्रीलंका, पाकिस्तान र भारतले समान एक एक पल्ट यसको आयोजना गरेका थिए ।


त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने च्याम्पियनसिमा आयोजक नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलंका, भारत, भूटान र बंगलादेश गरी सात राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । अन्य टोली पनि अब क्रमशः नेपाल आउने प्रवक्ता साहले बताए । 

सात टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल समूह ‘बी’ मा छ । यो समूहमा श्रीलंका माल्दिभ्स र भुटान गरी चार राष्ट्र छन् । अर्को समूह ‘ए’ मा भने बलिया राष्ट्र भारत, पाकिस्तान र साविक विजेता बंगलादेशले प्रतिस्पर्धा गर्ने तय भएको छ ।

च्याम्पियनसिपको उद्घाटन खेलमा कात्तिक १ गते भारत र पाकिस्तान भिड्दैछन् । आयोजक नेपालले भने कातिक २ गते भुटानसँग खेल्दै घरेलु मैदानको साफ च्याम्पियनसिपको शुरुवात गर्ने भएको छ ।

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: