काभा महिला भलिबल : नेपाललाई हराउँदै भारत बन्यो समूह विजेता

दर्पण दैनिक ११ जेष्ठ २०८०,०८:१०
post

काठमाडौं । साविक विजेता नेपाललाई हराउँदै भारत समूह ‘ए’ को विजेता बनेर सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल च्यालेन्ज कप–२०२३ को सेमिफाइनलमा पुगेको छ । बुधबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सम्पन्न खेलमा नेपाललाई ३–१ को सेटमा हराउँदै भारत समूह विजेताको रूपमा सेमिफाइनल प्रवेश गरेको हो ।
खेलको पहिलो सेटमा १२–२५ ले सुम्पिए पनि दोस्रो सेटमा नेपालले कमब्याकको उत्कृष्ट प्रयास गरेको थियो ।

प्रतिस्पर्धात्मक बनेको दोस्रो सेटमा भारतले २६–२४ ले जित्यो । यो सेटमा नेपालले बारम्बार अग्रता बनाए पनि कायम राख्न सकेन । सेटको अन्त्यतिर २३–२१ को अग्रता बनाए पनि त्यसपछि अंक लिन नसक्दा नेपालले दोस्रो सेट पनि भारतलाई सुम्पिएको थियो ।
तेस्रो सेटमा भने नेपालले भारतलाई निराश बनायो । उत्कृष्ट प्रदर्शन गरेको नेपालले २५–२१ ले जित्दै खेललाई एक सेट तन्काएको थियो । चौथो सेटमा पनि बलियो चुनौती प्रस्तुत गरेको नेपालले नतिजा भने आफ्नो पक्षमा राख्न सकेन । यो सेटमा नेपाल २५–२१ ले पराजित भयो ।

यसअघि नेपालले प्रतियोगिताको पहिलो खेलमा कीर्गिस्तान र दोस्रो खेलमा बंगलादेशलाई समान ३–० को सोझो सेटमा हराएको थियो ।
भारतले यसअघि कीर्गिस्तान र बंगलादेशविरुद्ध समान ३० को सोझो सेटमा जित निकालेको थियो ।

नेपालले अब सेमिफाइनलमा समूह ’बी’ को विजेता काजकिस्तानविरुद्ध खेल्नेछ । यस्तै, भारतले भने फाइनल प्रवेशक लागि उज्वेकिस्तानविरुद्ध खेल्नेछ ।

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: