राष्ट्रिय क्रिकेटर ज्योति पाण्डेले लिइन् सन्न्यास

दर्पण दैनिक १८ पुष २०८०,१६:२१
post

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी खेलाडी ज्योति पाण्डेले क्रिकेटबाट सन्न्यासको घोषणा गरेकी छन् ।  बुधबार सम्पन्न प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलपछि ज्योतिले क्रिकेटबाटै सन्न्यासको घोषणा गरेकी हुन् । प्रतियोगिताको फाइनलमा एपीएफले कोसी प्रदेशसलाई ११ रनले हराउँदै प्रतियोगिताको उपाधि जितेको थियो । एपीएफले उपाधि जित्दा ज्योति टिमकी महत्वपूर्ण सदस्य बनेकी थिइन् ।

एपीएफबाट घरेलु प्रतियोगिता खेल्ने ज्योतिले सन् २०२१ मा कतारविरुद्धको खेलबाट ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यु’ गरेकी थिइन् । अन्तर्राष्ट्रिय ‘डेब्यु’ २०२१ मा गरे पनि तर, उनले सन् २०१७ देखि नै राष्ट्रिय टिमबाट खेल्दै आएकी थिइन् । उनले पछिल्लो पटक सन् २०२३ को जुनमा मलेसियाविरुद्ध नेपाली टिमबाट खेलेकी थिइन् ।


 

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: