केपी ओली कप टी-२० क्रिकेट : मधेश प्रदेशले जित्यो उपाधि

दर्पण दैनिक १५ मंसिर २०८०,१६:४०
post

काठमाडाैं । त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै मधेश प्रदेशले केपी ओली कप टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

शुक्रबार पोखरामा भएको खेलमा आर्मीलाई ११ रनले पराजित गर्दै केपी ओली कप टी-२० को क्रिकेट प्रतियोगिताको उपाधि मधेश प्रदेशले जितेको हो । मधेश प्रदेशले दिएको १३६ रनको लक्ष्य पछ्याएको आर्मी निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १२४ रनमै समेटियो ।

आर्मीका लागि कप्तान विनोद भण्डारीले सर्वाधिक ३२ रन बनाए । यस्तै, विवेक यादवले २५ र सोमपाल कामी १६ रनमा अविजित रहे । यस्तै, भीम शार्कीले २२, सन्तोष कार्कीले १६, रोहित पौडेलले ५ र राजेश पुलामीले ३ रन जोडे । 

मधेश प्रदेशका हरिशंकर साहले सर्वाधिक ४ विकेट लिए । यस्तै,  प्रदिप पासवानले २ तथा प्रथिक यादवले १ विकेट लिए । 

यसअघि सुरुमा व्याटिङ गरेको मधेश प्रदेशले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३५ रनको योगफल तयार पारेको थियो । मधेश प्रदेशका लागि विशाल पटेल ४९ रनमा अविजित रहे ।

यस्तै, कप्तान हरिशंकर साहले २७, हिमान्सु दत्तले १४, विशाल सुस्लिङले १० तथा इम्रान शेषले ८ रनकव योगदान दिएका थिए । 

बलिङतर्फ विवेक यादव र साहब आलमले समान ३-३ विकेट लिँदा सोमपाल कामी र बसिर अहमदले १-१ विकेट लिए । 

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: