साफ यू-१९ फुटबल : नेपालले माल्दिभ्सलाई ४-१ ले हरायो

दर्पण दैनिक ८ आश्विन २०८०,१५:३१
post

काठमाडौं । माल्दिभ्सलाई ४–१ ले हराउँदै घरेलु टिम नेपाल साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।  तीन खेलाडीलाई रातो कार्ड देखाइएको खेलमा माल्दिभ्सलाई हराउँदै नेपाल समूह ‘ए’ को उपविजेताको रूपमा सेमिफाइनलमा प्रवेश गरेको हो । यो समूहबाट यसअघि नै पाकिस्तानले विजेताको रूपमा अन्तिम चारको यात्रा तय गरिसकेको छ ।  

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा नेपालको जितमा समिर तामाङले दुई गोल गरे । यस्तै, प्रशान्त लक्षम र निराजन धामीले गोल गरे । 

यस्तै, इन्जुरी समयमा समिरले व्यक्तिगत दोस्रो गोल गर्दै नेपालको अग्रतालाई ४–१ मा पुर्‍याएका थिए । यसपछि थप गोल हुन नसक्दा नेपाल जितसहित अन्तिम चारमा प्रवेश गरेको हो ।

खेल समाप्त भइसकेपछि रेफ्रीसँग विवादमा उत्रिँदा माल्दिभ्सका अफजल मोहम्मदले रातो कार्ड पाए । नेपालले यसअघि पाकिस्तानसँग १–० को हार व्यहोरेको थियो । माल्दिभ्सले भने पहिलो खेलमा पाकिस्तानसँग १–१ को बराबरी खेलेको थियो ।

नेपालले अब फाइनल प्रवेशका लागि समूह ‘बी’ को विजेतासँग खेल्नेछ । आजै हुने भारत र भुटानबीचको खेलबाट समूह ‘बी’ को विजेता र उपविजेताको टुंगो लाग्नेछ ।

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: