एसिया कप खेलेर फर्किएपछि कप्तान इन्दु भनिन् - टुर्नामेन्ट सुखद र रोमाञ्चक भयो

दर्पण दैनिक १० श्रावण २०८१,१४:३४
post

काठमाडौं । श्रीलंकामा आयोजित महिला एसिया कप टी-२० क्रिकेट खेलेर नेपाली महिला टीम स्वदेश फर्किएको छ । प्रतियोगितामा नेपालले तीन खेल खेल्दै एक जित र दुई हार व्यहोरेको थियो । समूह चरणबाट माथि उक्लिन नसके पनि नेपालले एसिया कपमा पहिलो जित दर्ता गर्न सफल भयो ।

कप्तान इन्दु बर्माले त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै सुखद अनुभव भएको बताइन् । प्रतियोगिताबाट नेपाली टिममा सुधार गर्नुपर्ने धेरै कुराहरु महसुस भएको उनको भनाइ छ ।


इन्दुले भिनन्, 'टुर्नामेन्ट सुखद र रोमाञ्चक भयो । यति ठूलो प्लेटफर्ममा खेल्न पाउनु नै ठूला कुरा थियो । हामीले खेल्न सक्छौँ भन्ने सन्देश गएको छ ।यूएईसँग कसरी हुन्छ जित चाहिन्छ भन्ने थियो । त्यसपछि पाकिस्तानलाई कडा फाइट दिने रणनीति बनाएका थियौँ । हामीले सक्दो प्रयास गरेको हो । टेस्ट नेसनहरुलाई फाइट दिँदा चैँ हामीले पोटेन्सीयल देखाउन सक्यौँ जस्तो लाग्छ । हाम्रो धेरै कमजोरीहरू छन् । अझै मिहिनेत गर्नुपर्ने छ । धेरै कुरा सिक्यौँ । फ्लड लाइटमा खेल्दा त्यस्तो फरक परेन । यसलाई एक्स्क्युज बनाउन चाहन्न । टी-२० गेमको बेलामा प्रेस हुन्छ । फ्लड लाइटले ठूलो फरक पर्दैन ।'

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: